November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

उदयपुरमा सवारी दुर्घटना हुँदा २४ बर्षीय प्रगित राईको मृत्यु

२०८० फाल्गुन २९

विराटनगर । उदयपुरमा सवारी दुर्घटनामा परी एकनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– ७ स्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा २४ बर्षीय प्रगित राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हिजो बेलुका साढे ६ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स.१ ख.८१६ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको प्र.१–०१–०१६ प ४६७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक राई घाईते भएका थए । सुर्योदय नगरपालिका– ३ ईलामका राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न बस र बस चालक उदयपुरगढी– ६ उदयपुरका ३० बर्षीय नारायण सुनुवारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement