November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

होटलमा बेहोस भेटिएकी खुसखु सुनारको मृत्यु, सँगै बसेका २ युवक फरार

२०८० फाल्गुन २९

काठमाडौं । जनकपुरधामको रामानन्दचोकस्थित सिटी स्टार फैमली होटलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । आज बिहान साढे ८ बजेतिर बेहोस अवस्थामा फेला परेकी पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको हो । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । उनीहरुको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

Advertisement