November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

न्यूनतम साझा कार्यक्रमको मस्यौदा आजै प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने तयारी

काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले आजै मस्यौदा टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

शुक्रबारको बैठकबाट मस्यौदालाई अन्तिम रूप दिएपछि लगत्तै शीर्ष तहमा आन्तरिक छलफल गरेर सरकारले क्याबिनेटबाट पास गरेपछि ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक हुने जनाइएको छ ।

नीति तथा कार्यक्रमलाई विहीबारै अन्तिम रूप दिने गरी अर्थ मन्त्रालय सिंहदरबारमा बैठक राखिए पनि अर्थमन्त्री वर्षमान पुन संसद् बैठकमा व्यस्त रहेका कारण शुक्रबार बिहान ९ बजे बस्ने गरी कार्यदलको बैठक स्थगित भएको थियो।

Advertisement

स्रोतका अनुसार अघिल्लो वर्ष एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रमलाई सम्पादन गरेर ल्याउने सरकारको तयारी छ ।