विराटनगर । संखुवासभामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पाँचखपन नगरपालिका– ९ याङ्सिजुङमा भएको मोटरसाईकल दुर्घटनामा ६५ बर्षीय पदमबहादुर विश्वकर्मको घटनास्थानमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार १२ बजे वानातर्फ आउदै गरेको बा. ४० प १७९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जादै गरेको को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडी सवार स्थानीय बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २७ बर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाईकल चालक धनकुटा नगरपालिका– १० का २३ बर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।