काठमाडौं । २०५६ सालमा हत्या गरेर भागेका एक प्रतिबादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ स्थित लगनटोलमा हत्या गरेर फरार रहेका रामकाजी पोडे पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको हो । पोडे दुरसञ्चार प्राधिकरणमा मेन्टिनेन्सको काम गर्छन् । २०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा कृष्ण पोडेको हत्या गरेको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ । घरायसी विवादमा लगन बस्ने सविन्द्र पोडे, श्याम पोडे र रामकृष्ण पोडे समेतको समूहले बन्चरो प्रहार गरेर कृष्णको हत्या गरेका हुन् ।
जिल्ला अदालत काठमाडौँले सो मुद्दामा श्याम पोडे र रामकृष्ण पोडेलाई जन्मकैद ठहर गरेको थियो । रामकाजीको हकमा मुद्दा मुलतवी राखिएको थियो । जिल्ला अदालतले २०५९ मा चैत ७ मा मुलतवी राखेको मुद्दामा रामकाजीबारे पुनः सुनुवाइ हुनेछ ।