दार्चुला । दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भीरबाट लडेर वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार उनी बिहीवार गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा भीरबाट लडेका हुन् । उक्त घटनाबारे प्रहरीले शुक्रबार जानकारी पाएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन भएको छ । घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनएको छ ।