November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको मन्त्री शर्माको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको समेत जानकारी दिएकी हुन्।

मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरुमा कुनै निर्णय गर्न आवश्यक नभएको समेत मन्त्री शर्माले बताइन् ।

उनले मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको अध्यक्ष हुने व्यक्तिको योग्यता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने अथवा मिडिया क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुनुपर्ने भनेर उल्लेख गरिएको बताइन् ।

Advertisement