काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन् । काठमाडौंमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै उनले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् ।
लामिछानेले ‘रोड टेस्ट’ बिना लाइसेन्स दिने अहिलेको प्रणाालीमा सुधार गर्नुपर्ने बताए । उनले ट्राफिकलाई भत्ता दिने व्यवस्था गर्ने पनि बताए । उनले भने, ‘चालकसँग एकदुई सय लिएर सङ्गठनको बेइज्जत नगर्नुस् ।’
गृहमन्त्री लामिछनेले सार्वजनिक यातायात सुधार गर्न पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका छन् ।