November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

शिक्षक सेवा आयोगद्वारा चार हजार बढी दरखास्त आह्वान

काठमाडौं। शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । शनिबार विज्ञापन गर्दै आयोगले ४ हजार चार सय ६२ शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि छुट्टाछुट्टै कोटा छुट्याएर खुला गरेको छ ।

कोशीमा १ हजार ७७, मधेशमा पाँच सय आठ, बागमतीमा १ हजार एक सय तीन, गण्डकीमा ८ सय, लुम्बिनीमा ४ सय ९५, कर्णालीमा १ सय ७७ र सुदूरपश्चिममा ३ सय दुई गरी ४ हजार चार सय ६२ रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको हो ।

Advertisement