November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार २०८०’ प्रदान गरिने

कास्की । पोखराका पत्रकार एवं नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कार २०८० प्रदान गरिने भएको छ ।

महासंघ कास्कीको हालै सम्पन्न बैठकले सिग्देललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ नगद र सम्मानपत्र छ ।

अग्रज पत्रकार नवराज सुवेदी संयोजक, दीपेन्द्र श्रेष्ठ र टंक अधिकारी सदस्य रहेको प्रतिभा छनोट समितिले सिग्देललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

Advertisement

सिग्देल २०५४ सालदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल फेवापोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमका सहसम्पादक हुन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष सिग्देल समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन् । पत्रकार सिग्देल विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशील छन् ।

महासंघ कास्कीको यही जेठ १२ मा हुने १७ औं वार्षिक साधारणसभाको अवसरमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले सिग्देललाई पुरस्कृत गर्नेछन् ।