November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

संसद् भवनभित्र आफैलाई गोली प्रहार गरेका जवान गोलेको मृत्यु

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयबाट संसद भवनमा खटाइएका स्पेशल टाक्स फोर्समा कार्यरत २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैँले आफैले गोली हानेको स्रोतले जनाएको छ।

उनी संसद भवनको दुई नम्बर गेटको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।

Advertisement

प्रहरी जवान गोले २०७८ मा प्रवेश गरेका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको स्रोतले जनाएको छ ।