August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

गृह मन्त्रालय एक्सनमा उत्रिएपछि अत्तालिएकारूले सरकार परिवर्तन गर्‍यो: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले गृह मन्त्रालय एक्सनमा उत्रिएपछि त्यसबाट अत्तालिएका दलहरूले सरकार परिवर्तन गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुलीले भने, ‘प्रतिपक्षमा रहँदा गिरिबन्धुका फाइल खोलौं भन्नेहरू भुटानी शरणार्थी प्रकरणको कारबाही प्रक्रिया अगाडि बढाउनेबित्तिकै अब हामी बँच्दैनौं, गृह मन्त्रालय एक्सनमा उत्रिएको रहेछ भन्ठानेर अब बँचिदैन भन्ने डरले निकै ठूलो डेरा जमाएको रहेछ ।’

उनले गिरिबन्धुका फाइल खोल्ने र ‍०४७ साल यताका भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्छ भनेर जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिपक्षले संसदमा दर्ता गराएपनि अहिलेसम्म छलफल नभएको बताए। 

Advertisement

उनले भने, ‘बूढानीलकण्ठबाट बालकोटसम्मको यात्रा तय हुँदै गर्दा तमाम नेपाली जनताले नजिकबाट नियालेका छन्। र अनुभूति गरेका छन्।भ्रष्टाचारविरूद्ध जति भाषण गर्नुहुन्छ र नेपाली जनताको समृद्धिको बारेमा जति सशक्त भाषण गर्नुहुन्छ। व्यवहारले प्रष्टसँग देखाएको छ ।

पराजुलीले विपदको बेलामा जनतालाई सरकार भएको महशुस दिनुको सट्टा स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढीमा मर्न छाडिदिएर दलहरू सरकार परिवर्तनमा लागेका बताए।