November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

त्रिविका प्राध्यापकहरूलाई धम्कीपूर्ण फोन आयोः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाको व्यवस्था प्रबन्ध गर्न गृहमन्त्रीसँग माग गरेकी छन् ।

त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारीमा आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएको बताउँदै मन्त्री भट्टराईले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न माग गरेकी हुन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरु लाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्री सङ्ग जोडदार माग गर्दछु ।’

Advertisement