August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

नेपाली काङ्ग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० जना सदस्यहरु मनोनयन गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवद्वारा बिहीबार जारी विज्ञप्ति अनुसार विभागका सदस्यहरुमा डा.लोकनाथ दुलाल (ललितपुर), अधिवक्ता डा. विष्णु बस्याल (पाल्पा), डा. तवस्सुम सिद्दिकी (बाँके), अधिवक्ता देवराज अवस्थी (कैलाली), विपद् व्यवस्थापन विज्ञ मन बहादुर थापा (चितवन), इ. दीलिप कुमार झा (सप्तरी) इ. मनोज घिमिरे (मोरङ), प्रा गणेश शाही (दैलेख), प्रा डम्बर बहादुर विक (पर्वत) तथा शिक्षाविद् विजय सम्बाहाम्फे (तेह्रथुम) रहेका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. डिला संग्रौला पन्तलाई गत साउन २१ गते विभागीय प्रमुखको जिम्मेवारी दिइएको थियो।

Advertisement

कुल ४९ सदस्य रहने विभागमा बाँकी सदस्य पछि मनोनयन गरिने विभागीय प्रमुख संग्रौलाले बताइन् । विभागले गत भदौ ६ गते समाजवादी चिन्तक स्व. प्रदिप गिरीको स्मृतिमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।