August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

बारामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकर रहेका छन्।

प्रहरीकाअनुसार सोमबार बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो। अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए। खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

Advertisement

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। केही दिन अगाडि कोल्हवी नगरपालिका-२ मै एउटा हात्ती मृत फेला परेको थियो।