August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाल आयोजक टोली उज्वेकिस्तानसँग पराजित भएको छ । निर्धारित ९० मिनेटमा ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको नेपाल टाइब्रेकरमा ४-२ ले पराजित भएको हो ।

यसँगै एएफसी महिला एसियन कप २०२६ मा छनोट हुने नेपालको सपना अधुरै रहेको छ।

साबित्रा भण्डारीको प्रहार बारमा लागेर गोल हुन बाट रोकिएको थियो । गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाइन् ।

Advertisement

उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्‍यो ।

कप्तानले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो ।

३-१ ले पछि परेको अवस्थालाई उल्टाउँदै कप्तान सावित्रा भण्डारी साम्बाले सनसनीपूर्ण ह्याट्रिक पूरा गरेपछि नेपालले १० खेलाडीमा सीमित उज्वेकिस्तानविरुद्ध अविश्वसनीय पुनरागमन गरेको थियो। नेपालका लागि २४औं मिनेटमा साम्बाले पहिलो गोल गरेकी थिइन्। तर, ३८औं मिनेटमा उज्वेकिस्तानकी एम. शोयिमोभाले गोल गरेपछि पहिलो हाफमा नेपाल ३-१ ले पछि परेको थियो।

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि साम्बाले ७१औं र ७३औं मिनेटमा लगातार दुई गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याएकी थिइन्।

उज्वेकिस्तानका लागि डी. खाबिबुल्लायेभा (३ मिनेट), एल. कराचिक (१३ मिनेट) र एम. शोयिमोभा (३८ मिनेट) ले गोल गरेका थिए।