August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

ब्लाइन्ड महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौं । क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक हुने टी–२० ब्लाइन्ड महिला विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

टोलीका मुख्य प्रशिक्षकका रूपमा पूरनसिंह खत्री, सहायक प्रशिक्षकका रूपमा नहेन्द्र निरौला र टोली व्यवस्थापकका रूपमा भगवती भट्टराई बराल नियुक्त भएका छन् भने नेपाली टोलीमा गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्ली सारा धमला, देवकी थापा मगर, अंगिला ढकाल, मन्केशी चौधरी, कान्ती दगौरा, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, येसेरा माया लुङ्गेली मगर, बिमला राई र प्रतिभा राई ।

यो विश्वकप आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ ।

Advertisement