काठमाडौं । बाराको सिमरा विमानस्थल क्षेत्रमा झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी धनेन्द्रकुमार मिश्रले मध्याह्न साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू कर्फ्यू आदेश जारी गरेका हुन्।
आज बारामा हुने नेकपा (एमाले) को कार्यक्रमका लागि महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, भानुभक्त ढकाललगायत जाने कार्यक्रम थियो।
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दल आबद्ध युवाहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा दुई पक्षबीच झडप भएको छ हो ।
झडपको स्थितिपछि तनावग्रस्त बनेको हुँदा कर्फ्यू आदेश जारी भएको हो। अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।