November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेको ढुंगाना नेतृत्वको जेनजी समूहलाई गेटमै रोक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित मागपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

सोमबार प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझ्न भेट नपाएपछि गेटमै टाँसेर फर्किएको ढुंगाना नेतृत्वको जेनजी समूह आज पुनः प्रधानमन्त्री भेटका लागि सिंहदरबार पुगेका हुन् ।

टोली दिउँसो १२ बजे सिंहदरबार पुगेको भए पनि सुरक्षा व्यवस्थापकहरूले उनीहरूलाई भित्र जान अनुमति नदिएका कारण टोली बाहिरमै रोकिएको जेनजी समूहले जनाएको छ।

Advertisement

उक्त क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी र नेपाली सेना तैनाथ छ।