August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

ललितपुर । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलले ठक्करबाट अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीकाअनुसार उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना खुलेको छैन।

गएराति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ती पुरूषको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।