काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शीतलहर र हिमपात पीडितलाई सहयोग पु¥याउन सरकारलाई आग्रह गरेका छन् ।
मौसममा आएको परिवर्तनसँगै तराई–मधेसमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको बताउदै उनले उनीहरुलाई तत्काल सहयोग पु¥याउन सम्बद्ध सबैमा अनुरोध गरेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘खासगरी समाजका गरीब तथा सीमान्तकृत वर्गका जनता बढी पीडित भएका छन् । यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पु¥याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गर्दछु ।’
उनले प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन पनि दिएका छन् ।ब