November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ । बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आइतबार कार्यसम्पादन समितिको बैठक बसेको थियो । तर बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र सूची तयार गरेर आयोगलाई बुझाउनेपार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

Advertisement

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।