November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

कांग्रेसका सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्माबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता निष्कर्षबिहीन बनेको छ । सभापतिसँग छलफल गर्न आज बिहान देउवा निवास महाराजगञ्जमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगे पनि वार्ता निष्कर्षबिहीन बनेको हो ।

देउवा निवासमा संस्थापन र शेखर कोइराला पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल पनि पुगेका थिए । सभापति देउवाले बोलाएपछि पुगेका उनीहरुबिच वार्ता भएपनि कुरा नमिलेपछि उनीहरू त्यहाँबाट बाहिरिएका हुन् ।

महामन्त्रीले विशेष महाधिवेशन पक्षधरका एजेण्डा र मागको बारेमा सभापति देउवालाई जानकारी गराएका छन् । उनीहरुले सबैको सहमतिमा संसदीय बोर्ड बनाएर टिकट वितरण गर्नुपर्ने माग गरेका छन् ।

Advertisement

विशेष महाधिवेशन पक्षधरले एमालेलगायतका दलसँग चुनावी गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् ।