November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

थापालाई ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले सभापति चयन गरेको हो ।

विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल निर्वाचित गरेको छ ।

Advertisement

यस्तै, महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल नाममा सर्वसम्मति भएको छ ।

सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवासँग आइतबार बिहानैदेखि भएको वार्ता सहमतिमा पुग्न नसकेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो ।