काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो गरिने पत्रकार सम्मेलनलाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्ने भएका छन् ।
खड्काको प्रमुख उपस्थितिमा दुई बजे केन्द्रीय कार्यालय सानेपामा हुन लागको पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषय र पार्टीका साङ्गठनिक गतिविधिबारे जानकारी दिइने बताइएको छ ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो ।