November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

गगन थापा नेतृत्वको कांग्रेस टोली पुग्यो निर्वाचन आयोग

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा पुगेको छ । आधिकारिकताको माग गर्दै शुक्रबार दिउँसो थापा नेतृत्वको टोली आयोग पुगेको हो ।

थापा टोली यसअघि बुझाएको अद्यावधिक विवरणमा निर्णय माग गर्दै आयोग पुगेको छ ।

शुक्रबार बिहान कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । त्यसपछि थापा पक्ष आफूहरुलाई आधिकारिक भएको विवरण अध्यावधिक गर्न दबाब दिन आयोगमा पुगेको हो ।

Advertisement

आयोगले दुवै समूह पुगेपछि थापा पक्षलाई केहीबेर गेटमै रोकेको थियो ।