November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कांग्रेस बैठकमा प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका हुन् ।

शर्माले विभिन्न बुँदामा सबैभन्दा उपयुक्त उम्मेदवार गगन नै किन ? भनेर समेत बैठकमा बुँदागत रुपमा पेश गरेका हुन् ।

Advertisement

मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन उनले बैठकमा आग्रह गरेका छन् ।