काठमाडौं । बारामा धारिलो हतियार प्रहारबाट आमा-छोराको हत्या भएको छ।
प्रहरीकाअनुसार आज बिहान ३ बजे बाराको परवानीपुर गाउँपालिका-१ रहरियाडीकी ५२ वर्षीया सुमित्री देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो।
सुमित्राको परिवार सुतिरहेको समयमा घरभित्र छिरेर एक व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए।
घटनामा परिवारका थप तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
रामेश्वरका बुवा जगरूक मण्डल गम्भीर घाइते भएका छन्। घाइते तीनै जनालाई एलएस न्युरो अस्पताल लगिएको छ।
घटनास्थलमा तालिमप्राप्त कुकरसहित प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।