विराटनगर । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवापर बस दुर्घटना भएको छ ।
बुधबार भोजपुरको भोजपुर नगरपालिका ३ सेतीबगरमा श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार २६ जना सवार बस दुर्घटनामा पर्दा सेनाका २४ जना घाइते भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको हो ।
गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।