विराटनगर । धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका बसहरूमा आगलागी हुँदा ३ वटा बस पूर्ण रूपमा जलेका छन् भने ३ बसमा आंशिक क्षति पुगेको छ ।
प्रहरीकाअनुसार मंगलबार राति करिब १० बजे लागेको आगो प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब १०ः४० बजे पूर्णरूपमा नियन्त्रणमा ल्याएको थियो ।
आगलागीमा को१ख ६२७४, प्र१–०१–००१ख ४०३७ र बा४ख ५७५९ नम्बरका बस पूर्णरूपमा जलेको त्यस्तै, को१ख ३८४७, बा५ख ५८१४ र बा५ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईले जानकारी दिए ।