November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

ऐतिहासिक जनमतलाई न्याय गर्ने गरी रास्वपा अगाडि बढ्नु पर्छः वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावपछिको पार्टी अब जनमत र अभिमत सम्हालेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

१८२ सांसदलाई पार्टीले आयोजना गरेको प्रशिक्षक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले रास्वपा अहिलेको ऐतिहासिक जनमतलाई न्याय गर्ने गरी अगाडि बढ्नु पर्ने बताएका हुन् ।

उनले प्रशिक्षकमा सहभागी पार्टीका नव सांसदहरुलाई रास्वपा अब एकदमै फरक धार र सँस्कारसहित अगाडि बढ्नु पर्ने बताए ।

Advertisement

उपसभापति वाग्लेले रास्वपाका नव निर्वाचित सांसदको दृष्य मनमोहक रहेको बताउँदै अबको पाँच वर्ष अविश्मरणीय बनाउनु पर्ने बताए । जसका लागि जनताको आशा र भरोसालाई कायम राख्नु पर्ने बताए ।