काठमाडौं । गीतकार युवराज खापुङ ‘किराती कल्प’को रचनामा इलामको भूगोल चिनाउने गीत युट्युवमा सार्वजनिक भएको छ ।
स्वस्तिका योङहाङको स्वरमा रहेको गीतमा इलामको पर्यटकीय स्थल, धार्मिक स्थलबारे वर्णन गरिएको छ । इलामको सन्दकपुर, माइपोखरी, गजुरमुखी, कन्याम, माङ्मालुङ, माङ्सेबुङ, धापपोखरी, टोड्के झरना, चियाबारीलगायतको चर्चा गीत छ । हिउँ झर्ने पहाडदेखि समतल फाँटसम्मको भौगोलिक संरचना रहेको इलाम त्यसै पनि पर्यटकीय क्षेत्रमा चर्चित छ ।
योगेश राई र अनिराज राईको संगीत, देवेश राईको संगीत संयोजन रहेको गीतको भिडियोलाई छायांकन, सम्पादन र रङ्ग समायोजन कृष्ण थलङले गरेका छन् ।
गीतलाई स्वस्तिका योङहाङको युट्युवबाट हेर्न र सुन्न सकिन्छ ।