काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बालेन शाह प्रधानमन्त्री हुनु राजनीतिक ऐतिहासिक रुपान्तरण हुनु बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै निधिले बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ र पहिलोपटक एउटा मधेसी व्यक्ति प्रधानमन्त्री हुँदैछ भनेर खुसी व्यक्त गरेका हुन्।
उनले यो पुस्तान्तरण मात्र मात्र नभइ असली र ऐतिहासिक राजनीतिक रुपान्तरण भएको उल्लेख गरेका छन् । देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्ने भन्दै आफूले चुनाव हारे पनि साह्रै हर्षित भएको उल्लेख गरे।