दाङ । १३२ केभी लमही सबस्टेसनको विद्युत कन्ट्रोल हाउसमा आगलागी भएको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखाअन्तर्गत कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको हो ।
विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीपछि सबस्टेसनबाट हुने विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।