November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

कविता राईलाई ‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’

भोजपुर । ‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’ साहित्यकार कविता राईलाई प्रदान गरिएको छ । शनिबार धरानमा प्राडा टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता तथा प्राडा गोपाल भण्डारीको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रमबीच उनलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार राशी नगद १५ हजार पाँच सय ५५ सहित सम्मानपत्र प्रदान गरिएको हो ।

साहित्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको भीमबहादुर स्मृति प्रतिष्ठानले जनाएको छ ।

Advertisement

राष्ट्रिय कविता महोत्सव २०७८ की विजेता कविता राईका ‘आमा र जून, २०७५’, कवितासंग्रह ‘गुरु, २०७८’ उपन्यास र ‘खरानीको बादल,२०७८’ बालकथा प्रकाशित छन् । उनले ‘पहिचान पुरस्कार–२०७९’, ‘प्रदेश प्रतिभा पुरस्कार, २०७९’, ‘प्रतिभा पुरस्कार–२०७९’, ‘दैवज्ञराज स्मृति पुरस्कार–२०७५’, ‘धनमाया लामिछाने स्मृति पुरस्कार–२०७९’ लगायत थुप्रै सम्मान प्राप्त गरिसकेकी छन् ।

कार्यक्रममा विभिन्न साहित्यप्रेमी, बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । आयोजक संस्थाले नेपाली भाषा, कला र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यस पुरस्कार साहित्यकार सुरेन्द्र परदेशीको पूजनीय पीता भीमबहादुर लिम्बुको स्मृतिमा २०७९ मा स्थापना गरिएको हो ।

यस सम्मानले आफुलाई साहित्य क्षेत्रमा थप हौसला प्रदान गरेको साहित्यकार राईले बताउनुभयो । उहाँ पहाडी जिल्ला भोजपुरबाट साहित्य क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।