November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत तेह्रौँ बैठक आज बस्ने भएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

बैठकमा सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ ।

Advertisement

त्यसै गरी, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यक्रम तय गरिएको छ ।