August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

लुम्बिनीमा चारजना एमाले मन्त्रीहरूले दिए सामुहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारका चारजना एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् ।

एमालेका तर्फबाट सरकारमा सहभागी भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले लिखित राजीनामा दिएका हुन् ।

यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।

Advertisement

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियूक्त गर्न लागेको बुझिएको छ ।