August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

मुलुकले बालेनलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाउँदै

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्रीको रुपमा ३६ वर्षीय बालेन्द्र शाह (बालेन) पाउँदैछ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउनेछन् ।

शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको छ भने बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् ।

Advertisement

प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी छ ।

प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने छ ।

विहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।