August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

अनेसास नेपालको चौथो महाधिवेशन वैशाख २७ गते हुने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको चौथो महाधिवेशन आगामी २०८३ वैशाख २७, आइतबार गर्ने भएको छ ।

गत २०८३ वैशाख १४ गते पूर्व अध्यक्षहरू राधेश्याम लेकाली र सन्ध्या पहाडीसहित बसेको कार्यसमितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, सिद्दिचरण सभाकक्ष, कमलादी, काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

सो बैठक अनेसास नेपालका अध्यक्ष राजेन्द्र के. सी. अध्यक्षतामा समाजकै कार्यालयमा बसेको थियो ।

Advertisement

अनेसास नेपालको यस चौथो महाधिवेशनमा लगभग पाँचसय आजीवन सदस्यहरुले भाग लिने जनाइएको छ । सो अधिवेशनमा उद्घाटन सत्र विहान १०ः३० बजे, बन्द सत्र १ः३० बजे र त्यसपछि नयाँ कार्यसमितिको लागि निर्वाचन हुने अनेसास नेपालको सूचनामा जनाइएको छ ।

अध्यक्ष के.सी.का अनुसार अधिवेशनमा स्मारिकाको लोकार्पण, राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार समर्पण लगायत सम्मानको कार्यक्रम रहेको र बन्दसत्रमा आर्थिक प्रतिवेदन र महासचिवको प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।