November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

मलेसियाले नेपाललाई दियो ८२ रनको लक्ष

काठमाडौं । दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल जित्नका लागि मलेसियाले नेपाली महिला क्रिकेट टोलीलाई ८३ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुर स्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनाएको हो ।

खेलमा एइना हसिमले १७, धानुश्री मुहुनानले १५ र एरिएना नतासाले अविजित १३ रन बनाए ।

Advertisement

नेपालबाट कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले २–२ विकेट लिए । कविताले ४ ओभरमा २ मेडन राख्दै १०, रियाले ४ ओभरमा १ मेडन राख्दै १४ र रुविनाले २ ओभरमा ५ रन खर्चे । पुजा महतो र सीता रानामगरले १–१ विकेट लिइन् । 

नेपालले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई २ विकेटले पराजित गरेको थियो । दुबै टोली मलेसियामै हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता र एसीसी प्रिमियर कपको तयारीमा यो खेल खेलिरहेका छन् ।