November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

यस वर्षको कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुगेको बताएकी छन् ।

फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्त्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् ।

फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढेको उनले बताइन् ।

Advertisement