कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ । संस्थापन इतर पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले यस भेला आयोजना गरेको हो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको मुख्य नाराका साथ आयोजना गरिएको यो भेलाले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने र सङ्गठनलाई नयाँ ऊर्जा प्रदान गर्ने लक्ष्य राखेको छ ।
भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ भने नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।