November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

रास्वपा सभापति रवि लामिछाने दिल्ली जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । लामिछाने सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि १८ जेठमा नयाँदिल्ली जाने भएका हुन् ।

यद्यपि भ्रमणबारे दुवै पक्षले औपचारिक घोषणा भने गरेका छैनन् । नेपाल सरकारले पनि लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ ।

दुवैतर्फबाट उच्च सरकारी तहमा औपचारिक भ्रमण हुनुअघि लामिछानेको भारत भ्रमण हुन लागेको हो ।

Advertisement