November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । विवादास्पद अभिव्यक्ति प्रकरणमा पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उक्त आदेश दिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रसाईलाई अदालतमा उपस्थित गराए पनि मुद्दा हेर्न नभ्याएको भन्दै अदालतले उनलाई फिर्ता पठाएको थियो । प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गरिरहेको थियो । त्यस क्रममा दुई पटक म्याद थप गरिसकेको थियो ।

Advertisement

प्रसाईंलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।