August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

करेन्ट लागेर एक युवकको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीकाअनुसार घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement