August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

विराटागर । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन्।

प्रहरीकाअनुसार सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गए राति करिब ११ः०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिप्परमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् ।

प्रहरीका अनुसार टिप्पर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यलय पकलीले नियन्त्रणमा लिएको छ ।

तीन जना सवार रहेको मोटरसाइकल चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।