काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक कार्यको निर्धारित समयावधि भोलि समाप्त हुँदैछ ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये बुधबारसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् ।
१ लाख २४ हजार ७ सय ४८ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले बताए ।
क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यहरूलाई तोकिएको समयसीमाभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न भनिएको छ ।