August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

राजा माबोको निर्दशनमा ‘हिजो तिमीले मुटु जोड्यौ’

राजा माबो निर्देशित नेपाली म्युजिक भिडियो ‘हिजो तिमीले मुटु जोड्यौ’ दर्शकमाझ आएको छ ।

सुमन लिम्बुको स्वर रहेको यस गीतको अफिसियल म्युजिक भिडियो सुमन लिम्बुकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार मिलन बिरही भुजेलले रचना गरेको यस गीतमा अशोक लिम्बुले संगीत भरेका हुन् भने संगीत संयोजन राजु कार्कीले गरेका छन् ।

Advertisement

भिडियोमा गीतको भाव र कथालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । भिडियोको छायांकन तथा निर्देशन युवा चलचित्रकर्मी तथा निर्देशक राजा माबोले गरेका छन् ।

राजा माबो गीतकार तथा कवि पनि हुन् ।