August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–३ लाछुगाउँ नजिक मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीकाअनुसार भे १ ट ८९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा तिला गाउँपालिका–४ निवासी ३५ वर्षीय खर्बेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते भएका छन् ।

घाइतेको थप उपचारको तयारी भइरहेको प्रहरीले जनाएको छ ।