काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विक्रम थापाले नेपालको सुरक्षा निकाय समावेशी नभएको आरोप लगाएका छन् ।
विनियोजित बजेटमाथिको छलफल सहभागी हुँदै थापाले सुरक्षा निकायमा सीमान्तकृत समुदायको उपस्थित न्युन रहेको बताएका हुन् ।
तीनवटै सुरक्षा निकायमा यी समुदायको उपस्थिति जम्मा ३ प्रतिशत रहेको बताउदै उनले भने, ‘९६ हजार रहेको नेपाली सेनामा जम्मा ३ प्रतिशत, ८० हजार प्रहरी र ४० हजार सशस्त्र प्रहरी रहेको संगठनमा जम्मा ३ प्रतिशत मधेसी, थारु, मुस्लिम, दलित र सीमान्तिकृत समुदायको उपस्थिति छ ।’
उनले सुरक्षा निकायमा यी समुदायको उपस्थिति गराउन माग गरे । त्यसका लागि विज्ञ टोली गठन गरेर न्यायिक व्यवस्थापन प्रणालीको सुरुवात गर्न माग गरे ।